जनता टाइम्स

१३ भाद्र २०७७, शनिबार १८:३४

उपत्यकामा सातसहित २४ घण्टामा कोरोनाले लियो १३ जनाको ज्यान, मृतक संख्या २०८ पुग्यो


काठमाडौं, भदौ १३ । काठमाडौं उपत्यकामा सातसहित २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा ६ जनासहित १३ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका दुई–दुई जना गरेर उपत्यकामा ६ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा थप एक जनाको कोरोनाले आज मृत्यु भएको हो। गएको मंगलबार अaस्पताल भर्ना भएका महोत्तरीका ६२ वर्षीय पुरुषको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय ललितपुरले जनाएको छ।

पछिल्लो २४ घण्टामा पर्सामा दुई, सिरहा, पाल्पा, गोरखा, कास्कीमा एकएक जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। मृतकमध्ये तीन महिला र १० पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ। यस्तै उपत्यकामा २४ घण्टामा १८६ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका १५५, भक्तपुरका १२ र ललितपुरका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ। संक्रमितमध्ये डिस्चार्ज हुनेको यो संख्या ५५ प्रतिशत रहेको छ।

प्रवक्ता गौतमका अनुसार नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन्। संक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ।