जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १४:१७

अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


काठमाडौं, भदौ १४

रुपन्देहीमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आज मध्यान्ह्मा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि आजै बिहान अस्पताल भर्ना हुनुभएको थियो । मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहनुभएको उहाँ कोरोना पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएको थियो ।