जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १६:२४

२४ घण्टामा थपिए ८९९, कोरोना संक्रमित संख्या ३९४६० पुग्यो


काठमाडौं, भदौ १५

पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ६ लाख ९३ हजार ४७२ जनाको पीसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टामा ८९९ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २१ हजार ४१० पुगेको छ । यो ५४ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार १२१ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ३३७ रहेको छ ।