काठमाडौं, भदौ १६ । भारतले नेपाली भूमि अतिक्रमण गरी सैनिक क्याम्प राखिरहँदा भारतको सुरक्षाका खातिर नेपालीले भने आफ्नो जीवन आहुती दिनु परेको छ । भारतको भुमि जोगाउन सीमा क्षेत्रमा खटिएका भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको हो । चीनसँगको सीमा विवाद भएको पूर्वी लद्दाखमा थापाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
थापाको गाडीको ठक्करबाट मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ । आइतवार बेलुकीको घटना सोमवार मात्रै सार्वजनिक भएको थियो । भारतीय सञ्चारमाध्यमले एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिएको र क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको जनाएका छन् ।
यो घटना लद्दाखको कारु कियारी क्षेत्रमा भएको हो । चीनसँग शनिबार र आइतबार झडपको घटना भएको थियो । आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको नेपालमा ठेगाना कहाँ हो भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्