जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १६:२४

काठमाडौंमा ३९३ सहित उपत्यकामा थपिए ४८१ नयाँ कोरोना संक्रमित


काठमाडौं, भदौ १६

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज ४८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको जानकारी अनुसार काठमाडौंमा ३९३जनामा संक्रमण दखिएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३२ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।