काठमाडौं, भदौ १६
पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ८८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
हालसम्म नेपालमा ७ लाख ५ हजार ५६० जनाको पीसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टामा १०६९ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७६८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २२ हजार १७८ पुगेको छ । यो ५५ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार २८० जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ३९० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्