जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १६:४०

नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो


काठमाडौं, भदौ १६

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १ बालिका र १० पुरुष रहेका छन् । उहाँका अनुसार एक जना महोत्तरीको ४ वर्षीया बालिका रहेकी छन् भने अन्य सबै पुरुषहरु रहेका छन् ।