काठमाडौं, भदौ १७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको जानकारी अनुसार आज काठमाडौंमा ३५० जनामा संक्रमण दखिएको हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्