काठमाडौं, भदौ १७
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महिला ६ जना र पुरुष ६ जना हुनुहुन्छ । हालसम्म नेपालमा २५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्