काठमाडौं, भदौ १९
पछिल्लो २४ घण्टामा देशभर थप १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ७ लाख ४५ हजार ४९० जनाको पिसिआर परीक्षण भएको छ ।
संक्रमित मध्ये ४६४ महिला र पुरुष ८९५ जना हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा १३५९ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १३५४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ४६२ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ५६१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्