काठमाडौं, भदौ १९
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५४ जना कोरोना संक्रमित थपिएका हुन ।
प्रवक्ता गौतमका अनुसार थपिएकामध्ये काठमाडौंका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्