जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १६:३०

संक्रमण दर बढेसँगै कोरोना संक्रमितको मृत्युदर पनि बढदै : पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु


काठमाडौं, भदौ १९

नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महिला ४ जना र पुरुष १० जना हुनुहुन्छ । हालसम्म नेपालमा २७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।