काठमाडौं, भदौ १९
आजभोली विभिन्न सञ्चारमाध्यमहरुबाट मास्क, स्यानीटाईजर प्रयोग गर्नुको कुनै औचित्य नरहेको भनि भ्रामक समाचार अन्तर्वार्ता आएका छन् । यहि बेला कतिपय व्यक्तिले कोरोना केही होइन भन्ने गरी अफवाह फैलाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले त्यसरी अफवाह फैलाउने र गलत सूचना दिने काम रोक्न सम्वन्धीत पक्षलाई र त्यस्ता सूचनाको पछि नलाग्न आम सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
डा. गौतमले यस्ता भ्रामक तथा तथ्यहीन मनगणन्ते समाचारका पछि नलाग्न समेत सबैमा अनुरोध गर्नुभएको छ । संक्रमण रोगका विरुद्ध लड्ने लडाई हो, मेला, चाडपर्व, भेला फेरी पनि आउँछ, हाम्रै कारणले कसैले ज्यान गुमाउन परेमा उहाँहरु फर्किएर आउनुहुँदैन त्यसैले सबैले हातोमालो गरी सकारात्मक सोचका साथ कोरोना विरुद्ध लड्न प्रवक्ता डा. गौतमले सबैमा अपिल गर्नुभएको छ ।
मन्त्रालयले दिएको जारी गर्ने गरेका निर्देश, सन्देश र सूचनालाई पछ्याउन अनुरोध गरेको छ । मन्त्रालयले निकालेको एसएमएसलाई फलो गर्न पनि आग्रह गरेको छ । एक अर्काको बिच कम्तिमा २ मिटर टाढा बसौँ, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गरौँ र हातको सफाई मिचिमिचि कम्तिमा २० सेकेन्डसम्म साबुनपानीले हात धुने अथवा स्यानीटाइजरको प्रयोगबाट हात सफा गर्ने भन्ने सन्देश वैज्ञानिक तथ्यमा आधारित छ ।
यी सन्देशहरु एक व्यक्तिबाट अर्कोमा नसरोस् भनि वैज्ञानिक आधारमा विश्वभरी अवलम्बन गर्ने गराउने अभियान हो । यी तोकिएका मापदण्डहरु आफू, आफ्नो परिवार र समाजको सूरक्षा अपनाउनका लागि हो भन्ने विश्लेषण वा मनन गर्न समेत डा. गौतमले अनुरोध गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्