काठमाडौं, भैदा १९
पुल्चोकमा विहिवार रातो मत्स्येन्द्रनाथको रथ तान्न एक युवाको हुल निस्कियो । कोरोना महामारीलाई ध्यानमा दिदै सरकारले कुनै पनि हुल नगर्न अपिल गर्दै राजधानीमा निषेधाज्ञा जारी गरेको छ । तर, कोरोना महामारीको डर देखाएर हाम्रो सस्कृतिमाथी हमला गर्ने भन्दै युवाहरु आएर रथ तान्न थाले ।
ललितपुर महानगरपालिका, गुठि संस्थान, १९ जातीय संगठनलाई थाहा नै नदिई भिड सडकमा आएको थियो । सो क्रममा अर्को जात्रा नै भयो । तर, सो भिडमा सहभागी हुनेका लागि शुक्रबारको साँझ नराम्रो खवर सुन्नु परेको छ । भिड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । उनिहरुले केही दिन अगाडी स्वाब दिएका थिए ।
स्वाब दिएपछि आइसोलेसनमा बस्नुपर्ने भएपनि विहिवार भिड निक्कै ठुलो भएपछि सुरक्षाकर्मीको अभाव देखिएपछि हतार हतारमा उनिहरु पनि सहभागी भएको स्रोतको भनाई छ । तर, उनिहरुको स्वाब कहिले संकलन भएको एकिन हुन सकेको छैन । ‘५५-५६ जनाको पिसिआर टेष्ट गराएका थियौं । त्यसमा अहिलेसम्म १८ जनाको आएको हो । अरूको रिपोर्ट आउने क्रममा छ’, उहाले जानकारी दिनुभयो ।
त्यस्तै, शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत १३, ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५-१५ जनामा पनि संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्