काठमाडौं, भदौ २० ।
काठमाडौं, भदौ २० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजिति नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ सय ८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका ३ सय २६ जना, ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना रहेका छन ।
पछिल्लो डेढ सातामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजको तथ्यांक बाहेक नै उपत्यकाका विभिन्न ठाउँमा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको जनाएको छ । भदौ ८ गते ३ हजार ४ सय ८६ संक्रमित रहेको उपत्यकामा आजसम्म ७ हजार ३८ जनामा संक्रमण फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्