जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १६:२२

पछिल्लो २४ घण्टामा थपिए १०४१ जना कोरोना संक्रमित, ४५२७७ पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, भदौ २०

पछिल्लो २४ घण्टामा देशभर थप १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको बताउनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १५६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २७ हजार १२७ पुगेको छ । यो ६० प्रतिशत हो । संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ८ हजार ४ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ५६१ रहेको छ ।