जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १६:४३

शनिबार थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८० पुग्यो


काठमाडौं, भदौ २०

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ३ जना र पुरुष ६ जना हुनुहुन्छ । हालसम्म नेपालमा २८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।