जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १८:०६

एकैदिन १५ सय ६६ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुग्यो (सातै प्रदेशको सूचीसहित)


काठमाडौं, भदौ २० । कोरोना संक्रमितको संख्या बढे पनि नेपालमा संक्रमणमुक्त भई डिष्चार्ज हुनेको संख्या पनि बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६६ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएका हुन । डिष्चार्ज हुनेमा प्रदेश १ मा २ हजार ३ सय ४३, प्रदेश २ मा ७ हजार ८ सय ४२, बागमति प्रदेशमा २ हजार ३ सय ५१, गण्डकी प्रदेशमा १७१७, प्रदेश ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २७९ र सुदुरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै प्रदेश १ मा ३, प्रदेश २ मा २८, बागमतिमा १०३, गण्डकीमा ५, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी १६७ जना संक्रमित भेन्टिलेटरमा रहेका छन । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ। जुन कुल संक्रमित संख्याको ६० प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेका छन ।