जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार ०९:३६

यी हुन काठमाडौं उपत्यकाका कोरोना हटस्पट


काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकाका दुई दर्जन स्थान कोरोना संक्रमणको हटस्पटमा परिणत भएको छ । काठमाडौंको बालाजु र कोटेश्वरसहित दुई दर्जन बढी स्थानमा सवैभन्दा बढी कोरोना संक्रतित फेला परेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म बालाजु र कोटेश्वर क्षेत्रमा दुई सय भन्दा बढी ब्यक्ति संक्रमित भइसकेका छन् । त्यस्तै एक सय भन्दा बढी संक्रमित हुनेमा महाराजगन्ज, धुम्बराही, बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, स्वयम्भु रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । यसैगरी इनबहाल, बागबजारमा पनि एक सय भन्दा बढी संक्रमित रहेका छन् ।

काठमाडौंमा संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित काठमाडौं महानगरपालिकामा मात्रै छन् । भक्तपुरमा मध्यपुरथिमी नगरपालिकाको ३ नम्बर वडा कौशलटार, गठ्ठाघर, ललितपुरको ललिपतुर महानगरपालिका क्षेत्रको कुपण्डोल, सानेपा, च्यासल, गाबाहलमा संक्रमित उच्च रहेका छन् ।

संक्रमित दर उच्च भएसँगै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमण उच्च देखिएको काठमाडौंको कोटेश्वर, बालुवाटार, चावहिल, महाराजगन्ज, बुढानिलकण्ठ, महाबौद्ध क्षेत्रमा समुदाय स्तरमा परीक्षण गरेको जनाएको छ ।