जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १६:३१

थप ९ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८९ पुग्यो


काठमाडौं, भदौ २१

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला २ जना र पुरुष ७ जना हुनुहुन्छ । हालसम्म नेपालमा २८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।