काठमाडौं, भदौ २१
पछिल्लो २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३८२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ९८० जनामा संक्रमण देखिएको बताउनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १८१४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यो ६३ प्रतिशत हो । संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ८२६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ७०३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्