जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १६:५५

कोरोना जितेर घर फर्किनेको संख्या ह्वात्तै बढ्यो, २४ घण्टामा डिष्चार्ज भए १ हजार ८१४ संक्रमित


काठमाडौं, भदौ २१

आइतबार देशभर कोरोना संक्रमणबाट घर फर्किनेको संख्या १८१४ रहेको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमणबाट २८ हजार ९४१ जना मुक्त भएका छन् । हालसम्मको तथ्यांक हेर्दा यो ६३ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकैदिन १ हजार ८१४ जना डिस्चार्ज भएको जानकारी दिनुभएको हो । आज जम्मा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ तर घर फर्किएकाहरुको संख्यालाई हेर्दा १७ हजार ३१६ जनामा कोरोना संक्रमण देखिन्छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ८२६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ७०३ रहेको छ ।