जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १७:००

स्वास्थ्यमन्त्री ढकालको परिवारमा कोरोना, मन्त्री क्वारेन्टिनमा


काठमाडौं, भदौ २१

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका एक सदस्यलाई कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बस्नुभएको छ । उहाँले आफ्नो परिवारको एक सदस्यमा संक्रमण देखिएपछि आफू क्वारेन्टिन बसेको बताउनुभयो ।