जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार ०७:४५

बिवाहलाई सेक्स गर्ने लाइसेन्स ठान्दाको दुश्परिणाम


अहिले राम्रो बन, गलत काम नगर, गलत बाटो नहिड भनेर सम्झाउने हो भने पनि अधिकार हनन भयो भनेर आत्महत्यासम्म गरेका धेरै घटनाहरु छन यो समाजमा । त्यस्तै बाबुले छोरीलाई बलात्कार गरेका घटना र सन्तानले बाबु आमालाई नगन्ने, नमान्ने र बुढेसकालमा एक्लै हुनुपर्ने जस्ता कुराहरु भैरहेकाछन । धेरैले भोगिरहेका पनि छन । आधुनिक बाबू आमा बन्न खोजेकै कारण धेरैका सन्तानहरु बिग्रिएका छन

चुनु केसी खडका

जब मानिसहरु प्रकृतिविरुद्ध जान खोज्दछन, तब उस्ले पनि आफ्नो प्रतिक्रिया देखाँदछ । जमाना हामीले हेर्दाहेर्दै कायपलट भयो । अहिलेसम्म यो धर्तीमा कति मानिसहरु जन्मिए होलान र कति मरे होलान भन्ने जिज्ञासा लाग्ने गर्द्छ मलाई । त्यो बेला पनि महिला र पुरुषहरूकै जोडी बनेर सन्तान जन्माउने र घर गृहस्थी बसाउने काम हुन्थ्यो । एक अर्कामा माया प्रेम, समर्पण र सद्भाव हुन्थ्यो।आफुले जन्माएका सन्ताहरुले बाबूआमालाई भगवान् मान्दथे । तर अहिले हरेक कुराहरू नक्कली हुन थाल्यो र त ,दयामाया र धर्म भन्ने सब्दहरु विलीन हुँदै जान थाले।

बिवाह एउटा पबित्र बन्धन हो र जहाँ भित्री सांसारिक आनन्द लुकेको हुन्छ। तर हिजोआज बिबाह सेक्स गर्न पाउने अनुमतिको लाइसेन्स जस्तो मात्रै हुँदै गएको छ। त्याग छैन, जिम्मेवारी छैन, एक अर्कामा समर्पण छैन, मान सम्मान पनि छैन । बिबाह पश्चात हरेक दम्पतीलाई बाबुआमा बन्ने रहर सबैजसोलाई हुन्छ र ढिलो वा चाँडो सन्तान पैदा गर्ने सोच बनाउँछ्न र गर्वधारण गर्छन । तर कतिपयले आफ्नो शरीर खुकुलो हुन्छ र लोग्नेलाई सन्तुष्टि हुँदैन भन्ने डरले नर्मल बच्चा जन्मिने थियो भने पनि समय नपुग्दै डाक्टरकोमा गएर पेट चिरेर बच्चालाई निकाल्ने सल्लाह गर्छन । डाक्टर पनि आमाको अवस्था जस्तोसुकै भएपनि पेट चिर्न मन्जुर हुन्छन । किनकि उनीहरुको पनि पेसा ब्यापार भएको छ सिजरिङ्ग डेलिबरी हिजोआज ।

हुनत आमाको अवस्थालाई ख्याल राखेर अप्रेसन पनि गर्नु पर्दछ । यदि आफै जन्माउन नसक्ने भएको अवस्थामा मात्रै अपरेशन गर्नुपर्ने हो तर अहिले कतिपय महिलाहरुलाई सुत्केरी हुनु पनि फेसन जस्तै भएको छ। अस्पताल समय नपुगी पेट चिरेर बच्चा निकाल्छन । यति मात्रै हौइन बच्चाले आमाको दूध खाना पाउँदैन, बोतलको दूध खुवाइन्छ। पेट चिर्नु र आफ्नो दूध बच्चालाई नखुवाउनुको कारण पनि बडो आश्चर्यको छ । शारीरिक बनावट बिग्रन्छ र आफूलाई नराम्रो देखिन्छ भन्ने मानसिकता र लोग्नेलाई सेक्समा आनन्द न आएर अन्तै लाग्छ भन्ने डरले अप्राकृतिक तरिका अपनाएर सन्तान पैदा गर्नु कदापि राम्रो पक्ष हैन।

शारीरिक सन्तुष्टि शरीरिक बनावट र आकार प्रकारले प्राप्त हुने होइन शारीरिक सन्तुष्टि प्राप्त गर्नको लागि मानसिक सन्तुष्टि जरुरी छ। मानसिक सन्तुष्टि प्रेम र सद्भावले मात्रै प्राप्त हुन्छ। त्यसैले श्रीमान श्रीमतीबीच शरीर र बाहिरी आवारणसँगको आकर्षण हैन, मनसँगको आकर्षण हुन जरुरी छ । यो दृष्टिकोणले हेर्ने हो भने न श्रीमतीको शारीरिक आकार बदिलिन्छ नत श्रीमान बुढोनै देखिन्छ ।

जब स्वयं आमालाई प्रसब पीडाको अनुभुति हुँदैन र सन्तानलाई दूध खुवाइदैन र बच्चालाई आमाको दुधको स्वाद थाहा हुदैन भने कसरी त्यो सन्तानलाई आमाको माया लागोस ? आमा र सन्तान प्रतिको दुरी तब कायम हुन्छ जबकी यी अनुभवहरु आमा र सन्तान दुवैसँग हुदैन भने। तर अवस्था हेरेर यी कुराहरू गर्नु नै पर्दछ। जस्तै आमा र बच्चाको अवस्था कमजोर भएर आफै पाउन नसक्ने अवस्थामा अप्रेसन गरी आमा र सन्तानको ज्यान बचाउनु पर्दछ । तर सामान्य अवस्था छ र आफै जन्मिछ भने अप्रेसन गर्नु भनेको आमा र बच्चा दुबैको अधिकार छिन्नु हो । जब जन्मसिद्ध अधिकार नै छिनिन्छ भने पछि दिएका बाल अधिकारले केही हुने वाला छैन। महिलाहरु साँढे भए हिजोआज, कानुनले पुरुष भन्न्दा माथि बनाइदिनाले अनि सन्तानहरुले गलत बाटो रोज्न थाले बालाधिकार भन्ने नाराले।

हिजोआज बिबाह सेक्स गर्न पाउने अनुमतिको लाइसेन्स जस्तो मात्रै हुँदै गएको छ। त्याग छैन, जिम्मेवारी छैन, एक अर्कामा समर्पण छैन, मान सम्मान पनि छैन । बिबाह पश्चात हरेक दम्पतीलाई बाबुआमा बन्ने रहर सबैजसोलाई हुन्छ र ढिलो वा चाँडो सन्तान पैदा गर्ने सोच बनाउँछ्न र गर्वधारण गर्छन । तर कतिपयले आफ्नो शरीर खुकुलो हुन्छ र लोग्नेलाई सन्तुष्टि हुँदैन भन्ने डरले नर्मल बच्चा जन्मिने थियो भने पनि समय नपुग्दै डाक्टरकोमा गएर पेट चिरेर बच्चालाई निकाल्ने सल्लाह गर्छन

पहिलाको जमानामा १०/१५ वटा सन्तान पाए पनि आमको ममता कमी हुदैन थियो । र सन्तान पनि आग्याकारी हुन्थे । बाबू आमाले भनेको टेर्थे । सही बाटो समात्थे तर अहिले राम्रो बन, गलत काम नगर, गलत बाटो नहिड भनेर सम्झाउने हो भने पनि अधिकार हनन भयो भनेर आत्महत्यासम्म गरेका धेरै घटनाहरु छन यो समाजमा । त्यस्तै बाबुले छोरीलाई बलात्कार गरेका घटना र सन्तानले बाबु आमालाई नगन्ने, नमान्ने र बुढेसकालमा एक्लै हुनुपर्ने जस्ता कुराहरु भैरहेकाछन । धेरैले भोगिरहेका पनि छन । आधुनिक बाबू आमा बन्न खोजेकै कारण धेरैका सन्तानहरु बिग्रिएका छन । प्राकृति बिरुद्ध जानू भनेको अभिसाप हो। हामी प्राकृतिको विरुद्ध जब जान्छौं तब प्रकृति पनि हाम्रो बिरुद्द अवश्य जान्छ । त्यसैले प्रकृतिको विरुद्ध नजाउँ। असल परिवार र असल समाज निर्माणको लागि बाबुआमाले पनि असल संस्कार दिनसक्नु पर्दछ।

(लेखक चुनु मानवशास्त्र विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ ।)