काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टाका १७ सय ३६ जनाले कोरोना जितेर घर फर्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घण्टामा १७ सय ३६ जना कोरोना जितेर घर फकिएका हुन ।
पछिल्लो २४ घण्टामा यति संख्यामा कोरोना संक्रमित डिष्चार्ज भएसँगै नेपालमा ३० हजार ६ सय ७७ संक्रमितले कोरोनालाई जतेका छन । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेको यो संख्या ६५ प्रतिशत हो ।
उहाँका अनुसार कोरोना जितेर डिष्चार्ज हुनेमा प्रदेश १ मा २६ सय ७९, प्रदेश २ मा ८७ सय ८९, बागमतिमा ४१ सय ५० जना रहेका छन । यस्तै गण्डकी प्रदेशमा १८ सय १४, प्रदेश ५ मा ५४ सय ८१, कर्णाली प्रदेशमा २३ सय ४९ र सुदुरपश्चिम प्रदेशमा ५३ सय ८० जनाले कोरोना जितेका छन ।













प्रतिक्रिया दिनुहोस्