काठमाडौं, भदौ २२
काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा २२ गतेसम्म २ हजार ३३८ कोरोना सक्रिय संक्रमित पुगेका छन् । सक्रिय संक्रमितमध्ये आधा संक्रमितहरू होम आइसोलेसनमा रहेका छन् । काठमाडौं सबैभन्दा बढि सक्रिय संक्रमित भएको जिल्ला समेत हो ।
महानगरका १,१६० जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ११७८ जना अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् । महानगरमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म १४ वटा वडामा संक्रमितको संख्या १०० नाघेको छ। महानगरको २० भदौसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित हुने क्षेत्रहरूमध्ये स्वयम्भु क्षेत्रमा ३१५, बालाजु क्षेत्रमा २६७, कोटेश्वर क्षेत्रमा २४४, महाराजगञ्ज क्षेत्रमा २२९, त्रिपुरेश्वर क्षेत्रमा १९३, इनबहाल क्षेत्रमा १८६ र कलंकी क्षेत्रमा १८५ जना संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्