जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १६:२१

नेपालमा कोरोना जित्नेको संख्या ह्वात्तै बढ्यो : पछिल्लो २४ घण्टामा भए डिष्चार्ज भए २२ सय ८७ जना संक्रमित


काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ८७ जनाले कोरोना संक्रमणलाई परास्त गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित कोभिड–१९ अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जनाले कोरोनालाई परास्त गर्दै डिष्चार्ज भएका छन ।

यो संगै नेपालमा कोरोना जित्नेको संख्या ६८ प्रतिशत पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९ सय ६४ डिष्चार्ज भएसँगै कोरोना जित्नेको संख्या पुगेको छ ।