जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १६:२५

पछिल्लो २४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित, ४८ हजार १ सय ३३ पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, भदौं २३ । नेपालमा पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९०२ जना कोरोना संक्रमित थपिएका हुन ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३३ पुगेको छ भने हाल १४८६८ जना सक्रिय संक्रमित रहेका छन ।