जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १६:२४

२४ घण्टामा थप १०८१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या पुग्यो ४९२१९


काठमाडौं, भदौ २४

नेपालमा पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १६७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १०८१ जना कोरोना संक्रमित थपिएका हुन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ सय पुगेको छ । आज १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९१८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ । यो ६८.८ प्रतिशत हो । संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ३७ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ५ हजार ४८० रहेको छ ।