जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १६:३५

काठमाडौं उपत्यकामा थपिए ४६४ नयाँ संक्रमित : कुन जिल्लामा कति ?


काठमाडौं, भदौ २४

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमितमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जना रहेका छन । पछिल्लो २४ घण्टामा थपिएको तथ्यांकसँगै काठमाडौंमा कुल संक्रमित संख्या ७ हजार ३११ पुगेको छ । यस्तै ललितपुरमा ९ सय ७३ र भक्तपुरमा ७ सय ६० संक्रमित पुगेको छ ।