काठमाडौं, भदौ २४
नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्