जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १५:३१

अन्तराष्ट्रिय उडान थप्ने समझदारी, यस्ता छन् चार शर्त


काठमाडौं, भदौं २५

सरकारले नेपाली कामदार स्वदेश फर्काउन अन्तराष्ट्रिय उडान थप गर्ने निर्णय गरेको छ । तर, त्यसका लागि चार वटा शर्त पुरा गर्नुपर्ने भएको हो ।

उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफाल पश्चात प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको छ ।

बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताउनु भयो । उनिहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको बताउदै सरकारले आफ्नो प्रयत्न बढाउदै लैजाने पनि उल्लेख गर्नुभयो ।

उडानका लागि यस्ता छन् चार शर्त

१. कोरोना नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ ।
२. कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने छ ।
३. श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ ।
४. नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने छ ।