जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १६:३७

उपत्यकामा थपिए ५७२ कोराना संक्रमित, काठमाडौंमा अहिलेसम्मकै सवैभन्दा बढी संक्रमण पुष्टि


काठमाडौं, भदौ २४

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमितमध्ये काठमाडौंका ४९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना रहेका छन ।