जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार ०९:२८

भारत-चीनबीच भयो ५ बुँदे सहमति


काठमाडौं, भदौ २६ । भारत र चीनबीच सीमा क्षेत्रमा भएको बिवाद समाधानका लागि पाँच बुँदे सहमति भएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि रुसमा दुई देशका विदेशमन्त्री स्तरमा भएको बार्तामा ५ बुँदे सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सीमा क्षेत्रमा तैनाथ हजारौ सैनिक कम गर्दै जाने सहमति भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । सांघाई सहयोग संगठन (एससिओ)को बैठकमा भाग लिन मस्को पुग्नुभएका चिनियाँ बिदेशमन्त्री यी र भारतीय बिदेशमन्त्री जयशंकरबीच झण्डै तीन घन्टा भेटवार्ता भएको थियो ।

भेटवार्तामा सैनिकको संख्या घटाउने, दुबै देशले सीमा क्षेत्रमा उचित दूरी बनाउने, विगतका सहमति पालना गर्ने, भारतले प्रतिबन्ध गरेका विभिन्न एप्सहरुसहित चीनविरुद्धका नीति परिमार्जन गर्ने र उच्चस्तरीय वार्ता गर्ने लगायतका सहमति भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।