जनता टाइम्स

२७ भाद्र २०७७, शनिबार १६:२२

२४ घण्टामा थपिए १२०१ कोरोना संक्रमित


काठमाडौं, भदौ २७ । नेपालमा पछिल्लो २४ घण्टामा १२ सय १ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० जना रहेका छन ।