काठमाडौं, भदौ २७ । नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या क्रमश बढदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार आजसम्म आइपुग्दा कोरोजा जितेर डिष्चार्ज हुनेको संख्या ७० दशमलव ६ प्रतिशत पुगेको छ ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ८ सय ५२ जना डिष्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ७० दशमलव ६ प्रतिशत पुगेको हो । हालसम्म कोरोना जितरे ३७ हजार ५ सय २४ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म प्रदेश १ मा ३३ सय ९०, प्रदेश २ मा १० हजार ५ सय २३, बागमति प्रदेशमा ६८ सय २०, गण्डकी प्रदेशमा २१ सय ९९, प्रदेश ५ मा ६३ सय १२, कर्णाली प्रदेशमा २४ सय ८४ र सुदुरपश्चिम प्रदेशमा ५७ सय ९६ जना कोरोना जितेर डिष्चार्ज भएका छन ।












प्रतिक्रिया दिनुहोस्