काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना रहेका छन ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्