जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १५:२५

चिनियाँ सेनाले भारतीय सेना लखेटेको भिडियो भाइरल


काठमाडौं, भदौ २८ । भारत र चीनका सैनिकबीच भएको झडपको भिडियो भाइरल बनेको छ । चिनियाँ सामाजिक सञ्जालमार्फत पोष्ट भएको सो भिडियो संसारभर भाइरल बनेको हो ।

चीन र भारतका बिदेशमन्त्रीबीच पाँच बुँदे सहमति हुनुभन्दा केही दिनअघि सीमा क्षेत्रमा दुवै देशका सेनाबीच पुनः झडप भएको थियो ।सो झडपछि भारत र चीनका विदेशमन्त्रीबीच मस्कोमा ५ बुँदे सहमति भएको छ । सहमति हुनु अगाडि नै यो भिडियो सार्वजनिक भएको थियो । भिडियोमा दुवैपक्षका सैनिकबीच झडप देख्न सकिन्छ ।

भारतीय जनमुक्ति सैनिक हतियारसहित देख्न सकिन्छ भने चिनियाँ सैनिक लठ्ठीसँग छन् । उनीहरुले दंगा नियन्त्रण सिल्ड पनि लगाएका छन् । साउथ चाइना मर्निङ पोष्टले वास्तविक भिडियो भएको र जुन १५ मा २० भारतीय सैनिक मारिएको गल्वान नदीको झडप नभएको बताएको छ ।