जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १६:२३

पछिल्लो २४ घण्टामा थपिए १०३९ कोरोना संक्रमित


काठमाडौं, भदौ २८

नेपालमा पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार १६५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १०३९ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ। आज १५ हजार ११७ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ११७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ३८७ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ५३६ रहेको छ ।