जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १६:३३

२४ घण्टामा ११ सय ७३ जनाले जिते कोरोना : डिष्चार्ज हुने संख्या ७१.५ % पुग्यो (सातै प्रदेशको सूचीसहित)


काठमाडौं, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय हजार ७३ जनाले कोरोना जितेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन ।

पछिल्लो २४ घण्टामा डिष्चार्ज भएका संक्रमितसँगै आजसम्म ३८ हजार ५ सय २७ जनाले कोरोना जितेका छन । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ३४ सय ४१, प्रदेश २ मा १८ सय ३१, बागमति प्रदेशमा ७३ सय ८४, गण्डकी प्रदेशमा २२ सय १८, प्रदेश ५ मा ६४ सय ६६, कर्णाली प्रदेशमा २४ सय ८६ र सुदुरपश्चिम प्रदेशमा ५८ सय ७१ जना रहेका छन ।

आजसम्म डिष्चार्ज हुनेको संख्या ७१ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।