जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १८:३६

बिरामी नबोक्ने एम्बुलेन्समाथि कठोर बन्यो सरकार


काठमाडौं, भदौ २८ । कोरोना महामारीको बेलासमेत बिरामी बोक्न एम्बुलेन्सले आनाकानी गरेको घटना बढेपछि सरकारले कठोर कदम चालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरबाट आएको गुनासोलाई सम्बोधन गर्दै एम्बुलेन्स सञ्चालनमा कडा नीति अख्तियार गरेको हो ।

स्वास्थ्य प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आजैदेखि देशभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले एम्बुलेन्सको लागि दिइएको गाइडलाइन्सअुनसार विरामी मात्र बोक्न निर्देशन दिइएको छ । मन्त्रालयले एम्बुलेन्समा विरामी मात्रै बोक्न र बिरामी छाडेर अरु काम नगर्न पनि सूचित गरेको छ ।

‘एम्बुलेन्स सेवा सम्बन्धका लागि दिइएको गाइडलाइन्स अनुसार काम नगरी वा सदुपयोग नभई अन्य कामको लागि प्रयोग गरिएको पाइएमा त्यो एम्बुलेन्सको तुरुन्त दर्ता खारेज छ,’ मन्त्रालयको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गौतमले भन्नुभयो । उहाँले सबैलाई एम्बुलेन्स दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो ।

प्रवक्ता गौतमका अनुसार एम्बुलेन्स दुरुपयोग भएको पाइएमा दर्ता खाजेर मात्रै होइन, भबिष्यमा समेत एम्बुलेन्स सञ्चालन गर्न नदिने निर्णय भएको जानकारी दिनुभयो । पछिल्लो समय एम्बुलेन्समा बिरामी नबोक्ने तर अरु नै गलत धन्दा हुन थालेपछि मन्त्रालयले यस्तो कठोर निर्णय लिएको हो ।