काठमाडौं, भदौ २९
सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिनुभएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बस्नुभएको छ । पाइलट लामाले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअघि दक्षिण सुडान लग्नुभएको थियो ।
दक्षिण सुडानबाट फर्किएपछि लामाले जहाज उडाउनुभएको थिएन । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बस्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्