जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १६:२१

पछिल्लो २४ घण्टामा थपिए ११७० कोरोना संक्रमित : ५५ हजार नाघ्यो कुल संक्रमित संख्या


काठमाडौं, भदौ २९

नेपालमा पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ११७० जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५५ हजार ३२९ जना पुगेको छ । आज १५ हजार ३९३ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार २७५ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ८९२ रहेको छ ।