जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १६:२७

मंगलबार मात्रै १०६२ जनाले जिते कोरोना : डिष्चार्ज हुने संख्या ७१.५ % (सूचीसहित)


काठमाडौं, भदौ ३०

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६२ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या ४० हजार ६३८ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ३ हजार ५६२, प्रदेश २ मा ११ हजार ९६, बागमति प्रदेशमा ८ हजार ३९२, गण्डकी प्रदेशमा २ हजार ३४५, प्रदेश ५ मा ६ हजार ६७७, कर्णाली प्रदेशमा २ हजार ५३१ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ३५ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७१.५ प्रतिशत रहेको उहाँले बताउनुभयो ।