जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १६:५४

कोरोनाले लियो काठमाडौं उपत्यकाका ४ सहित ११ को ज्यान, मृतकको संख्या ३७१ पुग्यो


काठमाडौं, भदौ ३०

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ४ महिला र ७ जना पुरुषसहित ११ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा आज मात्रै ४ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ८६ वर्षीया महिलासहित ३४, ९६, र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोनाका कारण रुपन्देहीमा ६४ वर्षीय महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै मकवानपुरमा ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । उता सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३४ वर्षीया महिला र बारामा ५५ वर्षका एक/एक पुरुष र महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।