जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १८:४७

एसिडपीडितका लागि ओली सरकारको ऐतिहासिक निर्णय : यी हुन उपचार खर्च बेहोर्नेदेखि सहुलियतपुर्ण कर्जासम्मका १० ब्यवस्था (भिडियोसहित)


काठमाडौं, भदौ ३० । सरकारले एसिड आक्रमणमा परेका पीडितको सम्पुर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद बैठकले एसिडपीडितका लागि यस्तो ऐतिहासिक निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीले दिनुभएको जानकारीअनुसार बीर र त्रिबि शिक्षणसहित चार ओटा अस्पताललाई एसिडपीडितको उपचारका लागि डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरिएको छ भने अन्य बिभिन्न सुबिधासमेत तोकिएको छ ।