जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १६:२१

देशभर थपिए १५३९ जना कोरोना संक्रमित


काठमाडौं, भदौ ३१

नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४९४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ । आज १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १०६८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४१ हजार ७०६ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ७०१ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ८२० रहेको छ ।