जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १६:४४

कोरोनाको उच्च जोखिममा देखियो काठमाडौं उपत्यका, पछिल्लो २४ घण्टामा थपिए ७३७ संक्रमित


काठमाडौं, भदौ ३१

काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ७३७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७३७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ६५२, ललितपुरका ६०र भक्तपुरकमा ३५ जना रहेका छन ।