जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १६:२७

२४ घण्टामा १०६८ जनाले जिते कोरोना : ४१७०६ पुग्यो डिष्चार्ज हुने संख्या (प्रदेशगत सूचीसहित)


काठमाडौं, भदौ ३१

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या ४१ हजार ७०६ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ३ हजार ५५७, प्रदेश २ मा ११ हजार ३५७, बागमति प्रदेशमा ८ हजार ८६४, गण्डकी प्रदेशमा २ हजार ४११, प्रदेश ५ मा ६ हजार ७५४, कर्णाली प्रदेशमा २ हजार ५९० र सुदुरपश्चिम प्रदेशमा ६ हजार ६३ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७१.५ प्रतिशत रहेको उहाँले बताउनुभयो ।