जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १६:५५

कोरोनाका कारण काठमाडौं उपत्यकाका २ सहित ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

काठमाडौं, भदौ ३१

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ४ महिला र ४ जना पुरुषसहित ११ जनाको मृत्यु भएको हो । काठमाडौंमा ७१ र ७४ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै प्रदेश १ को सुनसरीमा ७० वर्षीय पुरुष, प्रदेश २ को सप्तरीमा ३५ वर्षीय परुष र बारामा ४६ वर्षीय महिलाको मृत्यु भएको हो ।

यता काभ्रेपलाञ्चोकमा ५५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको निधन भएको छ । त्यसैगरी गण्डकी प्रदेश कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।